७ मंसिर, २०८१ शुक्रबार

07:25:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमाले सचिवालय : पाँच महानगर र ९ उपमहानगरमा उमेद्वारको टुंगो लाग्यो

Nepal Business

१० बैशाख, २०७९

नेकपा एमालेले दिएको जानकारी अनुसार ती अधिकांश स्थानीय तहमा उपप्रमुखको टुंगो पनि लगाइएको छ

एमाले सचिवालय : पाँच महानगर र ९ उपमहानगरमा उमेद्वारको टुंगो लाग्यो

काठमाडौँ, 
नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि ५ महानगरपालिका र ९ उपमहानगरपालिकामा प्रमुखको उम्मेदवारको टुंगो लगाएको छ । 

शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाएको हो । 

नेकपा एमालेले दिएको जानकारी अनुसार ती अधिकांश स्थानीय तहमा उपप्रमुखको टुंगो पनि लगाइएको छ ।

शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाएको हो । 

महानगरपालिका यस्ता छन् उमेद्वार ?

एमालेले पोखरा महानगरपालिकामा दीपक पौडेललाई मेयर र मञ्जुदेवी गुरुङलाई उपमेयरका लागि उमेद्वार बनाउने भएको छ । वीरगन्ज महानगरपालिकामा विजय सरावगीलाई मेयर बनाउने निर्णइ भएपनि उपमेयरको टुंगो लागेको छैन ।  

चितवनको भरतपुरमा पनि विजय सुवेदीलाई मेयर बनाउने निर्णइ भएपनि उपमेयरको टुंगो लागेको छैन । 

यसैगरी ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यञ्जनकारलाई मेयर र  मञ्जली शाक्य बज्राचार्यलाई उपमेयर,  तथा काठमाडौंमा मेयरको उम्मेदवार केशव स्थापित र सुनिता डंगोल उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।

विराटनगरमा मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ।  देशभर ६ महानगरपालिका र ११ उपमहानगरपालिका रहेका छन् । 

उमहानगरका यस्ता छन् उमेद्वार ?

धनगढी उपमहानगरमा रणबहादुर चन्द मेयर र  चन्द्रकला रानाथारु उपमेयर, नेपालगन्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्रलाई मेयर र शान्तिदेवी ढकाल उपमेयर, तुल्सीपुर उपमहानगरमा  टीकाराम खड्कालाई मेयर र स्यानी चौधरीलाई उपमेयर, घोराहीमा नोरुलाल चौधरीलाई मेयर र हुमाकुमारी बिसीलाई उपमेयर बनाउने निर्णय भएको छ । 
 
बुटवलमा बाबुराम भट्टराईलाई मेयर र सावित्रादेवी अर्याललाई उपमेयर,  हेटौँडामा अनन्त पौडेललाई मेयर र सुमित्रा काफ्लेलाई उपमेयर, धरानमा मञ्जु भण्डारीलाई मेयर तथा पदम लिम्बुलाई उपमेयर, इटहरीमा यमकुमार सुब्बालाई मेयर र संगीता चौधरीलाई उपमेयरमा उम्द्वार बनाउने भएको हो ।  

यसैगरी कलैयामा बिनोद शाह मेयरमा उमेद्वार बनाउने भएपनि उपमेयर बनाउन बाँकी छ  ।  जनकपुर उपमहानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकामा मेयर तथा उपमेयरको उम्मेदवार तय हुन सकेको छैन ।