२१ माघ, २०८१ सोमबार
05:00:49 AM
१० बैशाख, २०७९
चन्द्रागिरि नगरपालिका वडा नं ८ का अध्यक्ष सन्तोष खड्काले शुक्रबार एक सूचनामार्फत महिलाहरुबाट साडी पाउँ भनी निवेदन परेकाले सोही आधारमा साडी बुझिलिन आज शनिबार आउन भनी आग्रह गर्नुभएको थियो ।
काठमाडौँ,
चन्द्रागिरि नगरपालिका ८ ले महिलालाई साडी वितरण गर्नै सूचना शुक्रबार जारी गरेको थियो ।
एक/दुई हुँदै उक्त सूचना निर्वाचन कार्यालय र प्रहरीमा पुगेपछि वितरण गर्न ठिक्क पारिएको साडी प्रहरीले शनिबार बरामद गरेको छ ।
एक/दुई हुँदै उक्त सूचना निर्वाचन कार्यालय र प्रहरीमा पुगेपछि वितरण गर्न ठिक्क पारिएको साडी प्रहरीले शनिबार बरामद गरेको छ ।
प्रहरीले निर्वाचन आचारसंहिता विपरित काठमाडौँको चन्द्रागिरि नगरपालिकाबाट महिलालाई वितरण गर्न लागिएको ११० थान साडी बरामद गरेको जनाएको छ ।
प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले साडी बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उक्त नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट आचारसंहिता बिपरित स्थानीय महिलालाई साडी बितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी टोलीले साडी बरामद गरेको जनाइएको छ।
उक्त साडी चन्द्रागिरी नगरपालिका ८ को वडा कार्यालयको भवनबाट स्थानीय महिला समूहलाई वितरण गर्न तयारी अवस्थामा राखिएको फेला परेको थियो ।
चन्द्रागिरि नगरपालिका वडा नं ८ का अध्यक्ष सन्तोष खड्काले शुक्रबार एक सूचनामार्फत महिलाहरुबाट साडी पाउँ भनी निवेदन परेकाले सोही आधारमा साडी बुझिलिन आज शनिबार आउन भनी आग्रह गर्नुभएको थियो ।