२४ बैशाख, २०८१ सोमबार

11:05:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जेठ २ गते जजिरा आउने : कुवेत–भैरहवा सिधा जोडिँदै

१० बैशाख, २०७९

आगमी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त एयरलाइन्सले कुवेतबाट सिधै गौतमबुद्ध विमानस्थलसम्म उडान भर्ने

जेठ २ गते जजिरा आउने : कुवेत–भैरहवा सिधा जोडिँदै

काठमाडौँ,
आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीका दिन जजिरा एयरलाइन्सको जहाजले कुवेत–भैरहवा सिधा जोड्ने भएको छ । उक्त उडानका लागि आवश्यक गृहकार्य तयारी भइरहेको छ ।

बिहीबारदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स पहिलो व्यावसायिक उडान भर्ने विदेशी एयरलाइन्स हुने भएको छ । 

बिहीबारदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स पहिलो व्यावसायिक उडान भर्ने विदेशी एयरलाइन्स हुने भएको छ । 

आगमी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त एयरलाइन्सले कुवेतबाट सिधै गौतमबुद्ध विमानस्थलसम्म उडान भर्ने अनुमति पाएको छ ।

यसैगरी उक्त एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन उडान गर्ने अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्राधिकरणले गौतमबुद्ध विमानस्थलबाट जेठ २ गते औपचारिकरूपमा अन्तर्राष्ट्रिय उडान थाल्ने कार्यक्रम तय गरेको छ ।
 सोही दिनदेखि व्यावसायिक उडान गर्न प्राधिकरणमा हालसम्म जजिरा एयरले मात्र अनुमति लिएको बताइएको छ ।

यसैगरी अन्य वायुसेवा कम्पनीले पनि उडानका लागि चासो देखाइरहेको महानिर्देशक अधिकारीले बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “भैरहवाबाट जजिराले पहिलो अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएको छ, अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाइरहेका छन् ।”

भैरहवाबाट कुवेत जानका लागि नेपालबाट ३० जनाले टिकट बुकिङ गरिसकेका छन् ।