१० मंसिर, २०८१ सोमबार

06:59:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु, वार्षिक उत्पादन कति ?

१० बैशाख, २०७९

सुरुमा २० मेगावाट पहिचान भएको आयोजना क्षमता विस्तार गरी ३० मेगावाट पुर्याइएको थियो ।

३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु,  वार्षिक उत्पादन कति ?

लमजुङ । लमजुङको न्यादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी विद्युतगृह सञ्चालन गरिरहेको सिनो हाइड्रो सगरमाथा कम्पनीले असहयोग गरेका कारण उत्पादन साढे २ महिना ढिलो हुन गएको छ ।

आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले–मध्यमस्र्याङ्दी  १३२ केभी प्रसारण लाइनमा जोडिने छ । ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत उत्पादन हुनेछ ।

सन् २००० मा लमजुङ विद्युत विकास कम्पनी (लेड्को) ले आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेड र लेड्कोको सहमतिपछि २०६३ फागुन १७ गते न्यादी कम्पनी खोलेर आयोजना अगाडि बढाइयो । 

६ अर्ब ४ करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत उत्पादन हुनेछ ।

सुरुमा २० मेगावाट पहिचान भएको आयोजना क्षमता विस्तार गरी ३० मेगावाट पुर्याइएको थियो ।

विद्युत उत्पादन गर्न न्यादी खोलामा बाँध बाँधेर फर्काइएको पानी करिब ४ किलोमिटर सुरुङ र साढे ७ सय मिटरको पेटस्टक पाइपबाट ठूलीबेँसीस्थित विद्युतगृहमा खसालिएको छ ।

आयोजनाको सिभिलतर्फको निर्माणको जिम्मा चीनको झेजियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले अध्ययन, खरिद र निर्माण (इपिसी) मोडलमा पूरा गरेको छ । कम्पनीसँग २०७३ साल माघ ३ गते ठेक्का सम्झौता गरिएको थियो ।

आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले आयोजनामा लगानी गरेका छन् । नबिल, ग्लोबल आइएमई, हिमालयन, सनराइज बैंक तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को लगानी छ ।

नेपाल विद्युत प्राधिकरणका प्राविधिकले परीक्षण सुरु गरेको हुँदा केही दिनभित्रै व्यापारिक उत्पादन हुने जनाइएको छ ।