१ जेठ, २०८१ मंगलबार

02:34:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रसुवामा विदेशी पर्यटक बढ्दो, दैनिक १०० भित्रिन थाले

Nepal Business

१० बैशाख, २०७९

आन्तरिक पर्यटक बढी मात्रामा पवित्र तीर्थ गोसाइँकुण्डतर्फ र विदेशी पर्यटक भने लाङटाङतर्फ केन्द्रित हुने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

रसुवामा विदेशी पर्यटक बढ्दो, दैनिक १०० भित्रिन थाले
 
रसुवा, 
वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ ।
 
कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।
 
कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।
 
लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य  २२÷२३ जना पर्यटकको आगमन भइरहेको छ ।
आन्तरिक पर्यटक बढी मात्रामा पवित्र तीर्थ गोसाइँकुण्डतर्फ र विदेशी पर्यटक भने लाङटाङतर्फ केन्द्रित हुने गरेको  निकुञ्ज कार्यालयले जनाएको छ । 
 
पर्यटकको आगमन वृद्धि भएसँगै पर्यटन क्षेत्रका होटल तथा लजको थप व्यवस्थापकीय कार्य भइसकेको जानकारी दिँदै पर्यटकीय होटल व्यवस्थापन समितिका जिल्ला अध्यक्ष निशान उपनामका रामशरण गजुरेलले धार्मिक तथा पर्यटकीय पदमार्गमा खान बस्न कुनै समस्या नपर्ने भएकाले यात्रा गर्न आग्रह गर्नुभयो ।