१६ बैशाख, २०८१ आइतबार

12:57:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

'पर्यटन विकासले मात्रै आर्थिक क्रान्ति'

Nepal Business

८ पुस, २०७८

'पर्यटन विकासले मात्रै आर्थिक क्रान्ति'

इलाम, ८ पुस । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवद्र्धन आवश्यक भएको बताउनुभएको छ । प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको असली रुप संरक्षण गरेमा मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

दक्षिणी इलामको माई नगरपालिका–१ को बिहिबारेमा प्रथम १३ कुने सिमसार महोत्सव २०७८ को उद्घाटन गर्दै मुख्यमंत्री राईले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान पु¥याउने बताउनुभयो ।

दक्षिणी इलामको माई नगरपालिका–१ को बिहिबारेमा प्रथम १३ कुने सिमसार महोत्सव २०७८ को उद्घाटन गर्दै मुख्यमंत्री राईले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान पु¥याउने बताउनुभयो । 

आजदेखि सुरु भएको महोत्सव उद्घाटन समारोहमा प्रदेशसभा सदस्य काजीमान कागते, माइनगरपालिका प्रमुख दिपककुमार थेवे, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भक्त केसीले १३ कुने सीमसार क्षेत्रको विकासमा विस्तृत परियोजना अनुरुप अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । 

वडाध्यक्ष रविन एक्तेन, वडाध्यक्ष पदम फागो, लिलाबहादुर राई, मुखराज आङ्देम्बे, नेकपा एकीकृत समाजवादीका अनिलकुमार तामाङ, जसपाका टुपेन्द्र एक्तेन, माओवादी केन्द्रका धनकुमार लिम्बूले महोत्सवको शुभकामना मन्तव्य राख्नुभयो । रासस