२२ बैशाख, २०८१ शनिबार

05:52:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आवमा करिब ३२ प्रतिशतले आयात बढ्दा २८ प्रतिशत व्यापार घाटा

९ बैशाख, २०७९

नेपालको वैदेशिक व्यापार ३४.९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख बराबरको पुगेको भन्सार विभागले जनाएको

चालु आवमा करिब ३२ प्रतिशतले आयात बढ्दा २८ प्रतिशत व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा नेपालले करिब ३२ प्रतिशतको आयात गरेको छ । 

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार नौ महिनाको अवधिमा ३१. ९७ प्रतिशतले आयातमा वृद्धि हुँदा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो । 

आयातमा वृद्धि भएसँगै व्यापार घाटा २८.४७ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड रुपैयाँ बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

आयातमा वृद्धि भएसँगै व्यापार घाटा २८.४७ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड रुपैयाँ बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

यस्तै चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४.९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख बराबरको पुगेको भन्सार विभागले जनाएको छ ।

यसैगरी नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार स्वदेशी वस्तुको निर्यात ६९.४४ प्रतिशतले वृद्धि भएको हो ।

यस नौ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो ।