२१ माघ, २०८१ सोमबार

06:42:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चन्द्रागिरि : उद्योग तथा पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ

८ बैशाख, २०७९

आगामी दिनमा उत्पादनसँगै रोजगारलाई जोड्ने गरी नगरपालिकाले काम गर्ने

चन्द्रागिरि : उद्योग तथा पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ

चन्द्रागिरी,

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरी नगरपालिकामा उद्योग, कलकारखाना तथा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । 

चन्द्रागिरिमा उत्पादन क्षेत्रका विभिन्न ठूला औद्योगिक घरानाद्वारा सञ्चालित उद्योग सञ्चालनमा छन्, जसमा प्रकाश केवुल, सिजी कम्पनी, सिसा उद्योग, गोल्डस्टार उद्योग हुन्, त्यससँगै पर्यटन उद्योग पनि विस्तारै बढ्दो क्रममा छन्, साथै यस क्षेत्रमा अन्य उद्योगको पनि प्रचुर सम्भावना छ

गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले विहिबार चन्द्रागिरिमा आयोजना गरेको ‘चन्द्रागिरिमा औद्योगिक सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले उपत्यकाको प्रमुख प्रवेशद्धारको रुपमा रहेको सो नगरपालिकामा उद्योगको प्रचुर सम्भावना रहेको बताउनुभएको हो ।

 “चन्द्रागिरिमा उत्पादन क्षेत्रका विभिन्न ठूला औद्योगिक घरानाद्वारा सञ्चालित उद्योग सञ्चालनमा छन्, जसमा प्रकाश केवुल, सिजी कम्पनी, सिसा उद्योग, गोल्डस्टार उद्योग हुन्, त्यससँगै पर्यटन उद्योग पनि विस्तारै बढ्दो क्रममा छन्, साथै यस क्षेत्रमा अन्य उद्योगको पनि प्रचुर सम्भावना छ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख गिरीले भौतिक पूर्वाधारको विकासमा नगरपालिकाले प्राथमिकता दिएको बताउँदै आगामी दिनमा उत्पादनसँगै रोजगारलाई जोड्ने गरी नगरपालिकाले काम गर्ने बताउनुभयो । 

काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्धारको रुपमा रहेको चन्द्रागिरि नगरपालिकाले यस अवधिमा रोजगारी वृद्धिका लागि उत्पादित वस्तुलाई बिक्री वितरण गर्नका लागि विभिन्न कार्यक्रम अगाडि सारेको उहाँको भनाइ छ ।

नगरप्रमुख गिरीले चन्द्रागिरिलाई सामान स्टोर गर्ने हवको रुपमा विकास गरिँदै लाने बताउँदै आवश्यक कानुन, नियम, ऐन निर्माण गरी उद्योगलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष एवं संविधानसभा सदस्य पुष्कर आचार्यले चन्द्रागिरि नगरपालिकाले स्थानीयलाई रोजगारी प्रदान गर्ने खालका नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

उद्योग सञ्चालन भएमात्र श्रमिकले रोजगारी प्राप्त गर्न सक्छन्, उद्योग खोल्ने वातावरण चन्द्रागिरीले निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

अध्यक्ष आचार्यले चन्द्रागिरिसहित काठमाडौँ उपत्यका नै उद्योग र पर्यटनको अथाह सम्भावना भएको बताउनुभयो ।