२४ बैशाख, २०८१ सोमबार

09:17:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्राधिकरणको स्थानीय तहमा ताकेता : इन्टरनेट जडानको सम्झौता गर्न आउ

Nepal Business

८ पुस, २०७८

ब्रोण्डब्याण्ड इन्टरनेट जडानका लागि प्राधिकरणले सम्झौता गर्न बोलाएकोे हो ।

प्राधिकरणको स्थानीय तहमा ताकेता : इन्टरनेट जडानको सम्झौता गर्न आउ

काठमाडौँ, ८ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहलाई इन्टरनेट सेवा जडान तथा सञ्चालनसँग सम्बन्धीत सम्झौतापत्रमा हस्ताक्षर गर्न आउन आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालनको सम्झौतापत्रमा हस्ताक्षर गर्न छुटेका स्थानीय तहलाई सम्भौता गर्न आउन आग्रह गरेको हो ।

ब्रोण्डब्याण्ड इन्टरनेट जडानका लागि प्राधिकरणले यसअघि सम्झौता गर्न बाँकी रहेका स्थानीय तहलाई एक महिनाको समय दिएर सम्झौता गर्न बोलाएकोे हो । एक महिनाको अवधिसमेतमा सहमतिपत्रमा हस्ताक्षर गर्न नआएको खण्डमा प्राप्त सूचीलाई नै अन्तिम मानी कार्यक्रम अघि बढाउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसअघि नै भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोण्डब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर गरी कार्य अगाडि बढाएको थियो ।

छैसठ्ठी जिल्लाका ६५६ मध्ये २६७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ भने भूकम्पबाट अति प्रभावित आठ जिल्लाका ७६ मध्ये ७१ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भैसकेको  छ

छैसठ्ठी जिल्लाका ६५६ मध्ये २६७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ भने भूकम्पबाट अति प्रभावित आठ जिल्लाका ७६ मध्ये ७१ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भैसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राधिकरणले भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा)का सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय तथा सामुदायिक स्वास्थ्य संस्थामा ब्रोण्डब्याण्ड इन्टरनेट सेवाको स्तर उन्नति तथा सामुदायिक आधारभूत विद्यालयमा ब्रोण्डब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्दै आएको छ । रासस