२१ माघ, २०८१ सोमबार

06:48:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आर्थिक वर्ष २०७९/८० देखि आयकरको सीमा बढ्ने

८ बैशाख, २०७९

सुझाव संकलन गरिरहेको समितिले आयकरको स्लाब बढाउने गरी प्रतिवेदन तयार पारेको हो ।

आर्थिक वर्ष २०७९/८० देखि आयकरको सीमा बढ्ने

काठमाण्डौं । सरकारले आउँदो आर्थिक वर्षबाट आयकरको सीमा बढाउने भएको छ । यसैका लागि राजस्व परामर्श समितिले आयकरको सीमा (स्लाब) बढाउने सुझावसहित प्रतिवेदन तयार पारेको हो । 

आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव संकलन गरिरहेको समितिले आयकरको स्लाब बढाउने गरी प्रतिवेदन तयार पारेको हो ।

सरकारले आर्थिक वर्ष २०७६/०७७ मा आयकरको स्लाबमा परिवर्तन गरेको थियो । ३ लाख ५० हजारबाट ४ लाख पुगेको आयकर सीमा दुई वर्षदेखि बढेको छैन ।

एकातर्फ मुद्रास्फीतिले रेकर्ड राख्ने तर अर्कोतिर स्लाब कम हुँदा बढी कर तिर्नुपरेको गुनासो बढेको थियो । स्रोतका अनुसार समितिले त्यसलाई बढाउने गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

अहिलेको व्यवस्थाअनुसार वार्षिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्नेले १ प्रतिशत, ५ लाख आय भएका व्यक्तिले १ लाखमा १० प्रतिशत, ७ लाख आय भएका व्यक्तिले २ लाखमा २० प्रतिशत तथा २० लाख सम्म आए भएका व्यक्तिले १३ लाखमा ३० प्रतिशत र त्यसमाथि ३६ प्रतिशत आयकर तिर्नुपर्छ ।

समितिले सुझाव संकलनको काम सकेर प्रतिवेदन तयार गरिरहेको र यसै महिनाभित्र अर्थमन्त्रीलाई प्रतिवेदन बढाउने गरी काम अगाडि बढाएको बताइएको छ ।