७ मंसिर, २०८१ शुक्रबार

03:47:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा दैनिक ६ करोडको तरकारी आयात

Nepal Business

८ पुस, २०७८

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको ५ महिनाको वैदेशिक व्यापारको विवरण अनुसार नेपालले प्रतिमहिना औसत १ अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको छ । यसलाई आधारमान्दा नेपालले दैनिक करिब ६ करोडको तरकारी मात्रै आयात गरेको देखिन्छ ।

नेपालमा दैनिक ६ करोडको तरकारी आयात


काठमाण्डौं,  पुस ८ 

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ ।  भन्सार विभागले बिहीबार सार्वजनिक गरेको ५ महिनाको वैदेशिक व्यापारको विवरण अनुसार नेपालले प्रतिमहिना औसत १ अर्ब ७१ करोड रुपैयाँ बराबरको  तरकारी खरिद गर्ने गरेको छ । यसलाई आधारमान्दा नेपालले दैनिक करिब ६ करोडको तरकारी मात्रै आयात गरेको देखिन्छ । 

यस अवधिमा नेपालमा आलुको आयात सबैभन्दा ठूलो छ । आलु खरिदमा ५ अर्ब २७ करोड, प्याज खरिदमा  २ अर्ब ४७ करोड, गोलभेंडा खरिदमा १८ करोड ६६ लाख, हरियो लसुन खरिदमा ३७ करोड ४२ लाख, च्याउ खरिदमा ७ करोड १७ लाख, फर्सी खरिदमा १ करोड ४ लाख, गाँजर खरिदमा ४२ लाख, भिण्डे खुसाँनी खरिदमा ४ करोड, हरियो सागपात खरिदमा  १६ करोड, हरियो तरकारीका गेडागुडी खरिदमा ३ करोड ३७ लाख रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्याङकले देखिाउँछ ।

चालु आवको कात्तिक मसान्तासम्म नेपालले ६ अर्ब ८९ करोडको तरकारी आयात गरेको थियो । नेपाल आयात भएको तरकारीमा सबैभन्दा ठूलो हिस्सा भारतीय उत्पादन  छ । भारतबाहेक पाकिस्तान, बंगलादेशबाट समेत नेपालमा हरियो तरकारी र यसको  गेडागुडी भित्रिएका छन । 


चालु आवको ५ महिनामा  ५ अर्ब १६ करोडको आलु नेपालले भारतबाट र १० करोड मूल्य बराबरको आलु बंगलादेशबाट खरिद गरेको छ । पाकिस्तानबाट  ८२ हजारको हरियो लसुन र दक्षिण कोरियाबाट रातो बन्दा नेपाल आयात गरिएको छ ।