२५ बैशाख, २०८१ मंगलबार

01:03:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालबाट १ खर्ब २ अर्ब बराबरकोे निर्यात, व्यापार घाटा भने घट्न सकेन

८ पुस, २०७८

विभागले बताएअनुसार चालू आवको पाँच महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा वृद्धि भएपनि मुलुकको व्यापार घाटा भने अघिल्लो आवको तुलनामा ५४.७ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब पुगेको छ । गत आवको पाँच महिनामा व्यापार घाटा ४ खर्ब ७५ अर्ब थियो ।

नेपालबाट १ खर्ब २ अर्ब बराबरकोे निर्यात, व्यापार घाटा भने घट्न सकेन

 

काठमाण्डौं, पुस ८

केशव आचार्य 

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३.५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा ३ खर्ब ६६ अर्बले व्यापारमा बृद्धि भएर कुल व्यापार ९ खर्ब ४१ अर्ब पुगेको हो । 

भन्सार विभागबाट जारी पछिल्लो तथ्याङ्कानुसार पाँच महिनामा  ५ खर्ब ७५ अर्ब रहेको वैदेशिक व्यापार यस आवको पाँच महिनाम बढेर ९ खर्ब ४१ अर्ब पुगेको छ । अघिल्लो वर्षको तुलनामा आयात ५९.५५ प्रतिशतले बढेको हो ।  गतवर्षको  पहिलो पाँच महिनामा  ५ खर्ब २५ अर्ब बराबरको आयात भएकोमा चालू आवको पाँच महिनामा ८ खर्ब ३८ अर्ब पुगेको छ ।

 

 गत आवको पाँच महिनाको तुलनामा चालू आवको निर्यात १०५ .६१ प्रतिशतले बढेको छ । गत आवको ५ महिनामा ५० अर्ब पाँच करोड बराबरको निर्यात भएकोमा चालू आवमा १ खर्ब २ अर्ब बराबरकोे निर्यात भएको देखिन्छ । विभागले बताएअनुसार चालू आवको पाँच महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा वृद्धि भएपनि मुलुकको व्यापार घाटा भने अघिल्लो आवको तुलनामा ५४.७ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब पुगेको छ । गत आवको पाँच महिनामा व्यापार घाटा  ४ खर्ब ७५ अर्ब थियो । 

 

देशको कूल वैदेशिक व्यापारमा गत आवको पाँच महिनासम्म आयातको हिस्सा ९१.३ प्रतिशत रहेकामा यसको हिस्सा २.४५ प्रतिशतले घटेर चालू आवमा ८९.०७ प्रतिशतमा झरेको छ । पछिल्लो ५ महिनामा वैदेशिक व्यापारमा निर्यातको हिस्सा २५ .७२ प्रतिशतले बढेर १०.९३ प्रतिशत पुगेको छ । यो हिस्सा अघिल्लो आवको  पाँच महिनामा ८.७ प्रतिशत रहेको थियो ।

यो अवधिकमा व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी  ४९ अर्ब २ करोड बराबरको डिजेल आयात भएको देखिन्छ । दोस्रामा भटमासको कच्चातेल रहेको छ । चालू आवको पाँच महिनामा  ३३ अर्ब ६६ करोडको भटमासको तेल, २४ अर्ब ६१  करोडको पाम आयल, २४ अर्ब १० करोडको पेट्रोल, २३ अर्ब ११ करोडको एलपी ग्यास र २० अर्ब ३५ करोडको टेलिफोनआयात भएको विभागले बताएको छ । 

 नेपालबाट निर्यात हुने वस्तुमध्ये भटमासको तेल ३० अर्ब ५५ करोड बराबरको निर्यात भएको छ ।  त्यसैगरी सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेत जस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधनपश्चात् निर्यात हुने गरेको छ । चालु आवको पाँच महिनामा नेपालबाट  २७ अर्ब ४२ करोड मूल्य बराबरको पाम तेल, ३ अर्ब ७३ करोड बराबरकोे गलैँचा, २ अर्ब ६५ करोड मूल्य बराबरका जुटका बुनिएका कपडा निर्यात भएको विभागको तथ्याङ्क छ ।

 चालू आवको मंसिर मसान्तसम्म नेपालले भारतबाट करिब ५ खर्ब ३ करोड मूल्य बराबरका वस्तु आयात गरेको छ भने ८४ अर्ब १५ करोड मूल्य बराबरको वस्तु निर्यात गरेको छ । नेपालको व्यापार घाटा भारतसँग मात्रै ४ खर्ब १५ अर्बभन्दा धेरै देखिन्छ । नेपालले छिमेकी राष्ट्रचीनबाट १ खर्ब २२ अर्ब मूल्य बराबरका वस्तु आयात ग¥यो भने ३८ करोड १६ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।