३० बैशाख, २०८१ आइतबार

07:14:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिंंहदरवारबाट बाहिरियो पुनर्निमाण प्राधिकरण (फोटो फिचर)

८ पुस, २०७८

सिंंहदरवारबाट बाहिरियो पुनर्निमाण प्राधिकरण (फोटो फिचर)

काठमाण्डौं, पुस ८

केशव आचार्य

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण ६ वर्ष पछि सिंहदरबारबाट बाहिरिएको छ । वि.सं २०७२ सालको विनासकारी भू–कम्पबाट क्षती पुगेका संरचनाको पर्नुनिर्माणका लागि गठन भएको प्राधिकरणलाई ५ वर्षको कार्यअवधि दिइएको थियो । थप गरेको १ वर्ष गरी ६ वर्षे कार्य अवधि सकिएसंगै प्राधिकरण सिंहदरबारबाट बाहिरिएको हो ।

प्राधिकरणले यसबीचमा नीजि आवासको काम ९० प्रतिशत सम्पन्न गरेको दावी गरेको छ भने साँस्कृतिक सम्पदा, सरकारी भवन, स्वास्थ्या, शिक्षा लगाएतका सामुदायिक भवनको पुर्ननिर्माणमा पनि उल्लेख्य प्रगति हासिल गरेको दावी गरेको छ ।

सिंहदरवारबाट बाहिरिने क्रममा अहिलेसम्म निर्माण हुन बाँकी र निर्माण भईरहेका संरचनाहरु प्राधिकरणले सम्वन्धित सरोकारवाला निकायका प्रमुख एंव प्रतिनिधीलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा गृह मन्त्री बालकृष्ण खाँण, प्राधिकरणका सिइयो सुशिल ज्ञावली लगाएतको उपस्थिती रहेको थियो । विहिवार निर्देशक समितिको बैठकले प्राधिकरण अन्तर्गत भैरहेका कार्य तथा दायित्व, सम्पति, श्रेष्ता, कागजात तथा विवरणको हस्तान्तरण गरी विधिवत रुपमा प्राधिकरण सिंहदरबारबाट बाहिरिएको घोषणा गरेको हो ।