२१ माघ, २०८१ सोमबार
08:04:08 AM
६ बैशाख, २०७९
निकालिएको मूल्यसूची अनुसार ४३ निकायको कुल मूल्य १ खर्ब ८० करोड सम्पति रहेको छ।
काठमाण्डौं । संघीय सरकारले राष्ट्रपति कार्यालयदेखि सबै मन्त्रालयहरुको मूल्यसूची निकालेको छ। महालेखा नियन्त्रकको कार्यालयले ४३ सरकारी निकायको कुल मूल्यसूची निकालेको हो।
निकालिएको मूल्यसूची अनुसार ४३ निकायको कुल मूल्य १ खर्ब ८० करोड सम्पति रहेको छ। जसमा सबैभन्दा महँगो गृहमन्त्रालय छ। यो मन्त्रालयमा २७ अर्ब ४४ करोड बराबरको सरकारी सम्पति छ।
यसैगरी रक्षा मन्त्रालयमा २१ अर्ब ९२ करोड बराबरको सम्पति रहेको उल्लेख छ। त्यसैगरी तेस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ६ अर्ब २० करोड बराबरको सम्पत्ति छ।
चौथो धेरै सम्पति हुनेमा अर्थमन्त्रालय छ। यो मन्त्रालयमा कुल सरकारी सम्पति ४ अर्ब ४७ करोड बराबरको छ। सबैभन्दा कम सम्पत्ति भने आदिवासी तथा जनजाति आयोगको छ। आयोगको सम्पत्ति १७ लाख रुपैयाँ बराबरको मात्रै छ।
यो मूल्यांकनमा आर्थिक वर्ष २०७७/७८ सम्मको कुल सम्पतिलाई आधार मानिएको छ। यसमा कार्यालय, निकाय, मन्त्रालय, आयोगमा रहेको चल तथा अचल सम्पत्तिलाई गणना गरिएको छ।