२१ माघ, २०८१ सोमबार

07:45:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ३ जना पक्राउ

६ बैशाख, २०७९

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म जम्मा ६६ करोड ७९ लाख ७९ हजार ९ सय ८३ रूपैयाँ रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको छ ।

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ३ जना पक्राउ

काठमाण्डौं । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका–९ ठेगाना भएका २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौति नगरपालिका–१ ठेगाना भएका २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २७ वर्षीय राहुल चचान रहेका छन् । 

प्रहरीले उनीहरूलाई आइतबार र सोमबार काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म जम्मा ६६ करोड ७९ लाख ७९ हजार ९ सय ८३ रूपैयाँ रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको छ । 

उनीहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।