७ मंसिर, २०८१ शुक्रबार
07:31:51 PM
६ बैशाख, २०७९
काठमाण्डौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा नै स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताउनुभएको छ ।
मंगलबार आयोगले काठमाण्डौंमा आयोजना गरेको मिडिया अन्तक्रिया कार्यक्रममा थपलियाले निर्वाचनका लागि वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताउनु भएको हो ।
थपलियाले दलहरुको सुझावकै आधारमा मनोनयनका लागि दुई दिन छुट्टाइएको र प्रचार प्रसारको अवधी पनि बढाइएको बताउनुभयो । यसपटकको निर्वाचनमा अघिल्लो स्थानीय निर्वाचनमा भएका कमी कमजोरीलाई पनि सच्चाएर आयोग अघि बढेको उहाँले बताउनुभयो ।
आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयन गर्नु सबै पक्षको दायित्व भएको र आफ्नो परिक्षा आफै लिएर यसको पालना गर्न उहाँले सुझाव दिनुभयो ।
त्यस्तै उहाँले निर्वाचनको मौन अवधिमा देशभर मदिरा बिक्री वितरण नगर्न–नगराउन प्रस्ताव गरिएको जानकारी दिनुभयो ।