१ जेठ, २०८१ मंगलबार

06:46:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमाल आरोहणबाट ३९ करोड रुपैयाँ बराबरको रोयल्टी संकलन

४ बैशाख, २०७९

हिमाल आरोहणबाट ३९ करोड रुपैयाँ बराबरको रोयल्टी संकलन

काठमाण्डौं । नेपालको हिमाल आरोहणबाट ३९ करोड रुपैयाँभन्दा बढी रोयल्टी उठेको छ ।

बसन्त ऋतुमा २० वटा हिमाल आरोहणका लागि ७३८ आरोहीले अनुमति लिँदा ३९ करोड ५१ लाख ७० हजार २३१ रुपैयाँ रोयल्टी उठेको पर्यटन विभागले जानकारी दिएको हो । 

यस समयमा हिमाल आरोहणको अनुमतिबाट सबैभन्दा धेरै रोयल्टी सगरमाथा हिमालबाट उठेको विभागको तथ्यांकमा छ । विभागका अनुसार सगरमाथा आरोहणका लागि ५१ देशका ३२ वटा टिमले अनुमति लिँदा ३३ करोड २१ लाख १४ हजार १ सय रोयल्टी उठेको हो ।

यस सिजनमा विभिन्न देशका ९० वटा टिमले २० वटा हिमाल आरोहण गर्ने विभागले जनाएको छ । जसमा ५८३ जना पुरुष र १५५ जना महिला गरी ७३८ जनाले आरोहणको अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ । 

यस्तै विभागको तथ्यांक अनुसार ल्होल्सेबाट १ करोड ९६ लाख ३१ हजार ५ सय २ रुपैयाँ, कन्चनजंघाबाट १ करोड २६ लाख ४५ हजार ९० रुपैयाँ, मकालुबाट ८५ लाख ११ हजार ६ सय ६० रुपैयाँ र धौलागिरीबाट ५८ लाख ७९ हजार ५ सय २० रुपैयाँ संकलन भएको छ ।

यस्तै अन्नपूर्ण (१)बाट ५६ लाख ९५ हजार, अन्नपूर्ण (४)बाट ६ लाख ५५ हजार २ सय ९० रुपैयाँ, अमाडब्लमबाट ३१ लाख ५६ हजार ६ सय ८० रुपैयाँ, नुत्सेबाट २७ लाख ७१ हजार ४ सय ३० रुपैयाँ, पोखर खाङबाट २७ लाख ३४ हजार, बरुत्सेबाट १२ लाख ७ हजार ६ सय ५० रुपैयाँ, हिमलुङबाट १३ लाख २६ हजार ८ सय रुपैयाँ, भेमदाङबाट २ लाख ४३ हजार, गंगापूर्णबाट १ लाख २१ हजार ३ सय ८० रुपैयाँ, कन्चनजंघा पिकबाट ५९ हजार ९ सय ४८ रुपैयाँ, मुकुटबाट १ लाख २१ हजार २ सय ९० रुपैयाँ, नोर्वु खाङबाट १ लाख ५१ हजार रुपैयाँ र धुम्पुसबाट ३ लाख ३ हजार ६ सय ५० रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ । 

यस्तै सबैभन्दा कम रोयल्टी उर्कमङ हिमाल आरोहणका लागि एउटा टिमले अनुमति लिँदा ६० हजार ६२५ रुपैयाँ रोयल्टी तिरेको छ ।

त्यस्तै ल्होत्सेका लागि ९४ जना, कन्चनजंघाका लागि ६१७ जना, अमाडब्लमका लागि ६५ जना मकालुका लागि ३९ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । 

यस्तै नुत्सेका लागि ३८ जना, हिमलुङका लागि ३५ जना, धौलागिरीका लागि २७ जना, अन्नपूर्णका (१) लागि २६ जना, अन्नपूर्ण (४) ९, बरुत्सेका लागि २० जना, भेमदाङका लागि ८ जना, गंगापूर्णका लागि २ जना, कन्चनजंघाका पिकका लागि २ जना, मनास्लुका लागि ९ जना, मुकोटका लागि ४ जना, नोर्वु खाङका लागि ५ जना, पोखर खाङका लागि ९ जना, धम्पुसका लागि १० जना र उर्कमङका लागि २ जनाले हिमाल आरोहणका लागि अनुमति लिएको विभागको तथ्याङकमा उल्लेख छ । 

विभागका अनुसार हिमाल चढ्नका लागि नोपल, अमेरिक, बेलायत, भारत, फ्रान्स, क्यानडा, रसिया, अष्ट्रेलिया र स्पेन लगायतका नागरिकहरुले अनुमति लिएका छन् ।