२१ माघ, २०८१ सोमबार

07:44:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

'जापानको ज्ञान, सीप र अनुभव नेपालका लागि महत्वपूर्ण '

Nepal Business

४ बैशाख, २०७९

मन्त्री खड्काले जापानले नेपाललाई विना शर्त सहयोग गर्दै आएको पनि स्मरण गर्नुभयो

'जापानको ज्ञान, सीप र अनुभव नेपालका लागि महत्वपूर्ण '

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताउनुभएको छ । 

नेपाल जाईका अलमुनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताउनुभयो ।

नेपाल जाईका अलमुनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताउनुभयो ।

उहाँले जापानले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको पनि प्रशंसा गर्नुभयो । भूकम्प गएको बेला होस् वा कोभिड–१९ महामारीका बेला जापानले नेपालमा ठूलो मानवीय सहयोग गरेको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि सरकारका तर्फबाट धन्यवाद पनि दिनुभयो । 

मन्त्री खड्काले जापानले नेपाललाई विना शर्त सहयोग गर्दै आएको पनि स्मरण गर्नुभयो । उहाँले नेपालको विकास साझेदारीमा जापान सरकारको महत्वपूर्ण योगदान छ भन्नुभयो ।