१ जेठ, २०८१ मंगलबार

07:26:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

त्रिभुवन विमानस्थलमा नगद बोकेर आउन पर्यटकलाई आग्रह

Nepal Business

३ बैशाख, २०७९

भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले दुई सय अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन भनेको हो

त्रिभुवन विमानस्थलमा नगद बोकेर आउन पर्यटकलाई आग्रह

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकहरुलाई नगदै बोकेर आउन आग्रह गरेको छ ।

विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकहरुलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले दुई सय अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन भनेको हो ।

कार्यालयले निकालेको सूचनामा अहिले नेपाल आउने पर्यटकको सङ्ख्या धेरै रहेको, विमानस्थलमा एउटा मात्र एटीएम मेसिन रहेको र विद्युतीय कारोबारका अरु माध्ययममा पनि प्राविधिक समस्या आउने गरेकोले भीडभाड तथा झण्झटबाट बच्न नगदै बोकेर आउन भनिएको छ ।

सूचनामा अहिले अनअराइभल भिसा शुल्क वापत बैंकिङ भुक्तानी मात्र स्वीकार गर्ने र बैंकले अमेरिकी डलरसँगै अरु देशको मुद्रा पनि स्वीकार गर्ने उल्लेख छ ।