७ जेठ, २०८१ सोमबार

07:08:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उत्कृष्ट चुनावी गीतलाई दुई लाख ७५ हजार पुरस्कार दिने

Nepal Business

३ बैशाख, २०७९

श्रोता तथा छनोट समितिको निर्णयबमोजिम सो पुरस्कार प्रदान गर्ने जनाएको हो ।

उत्कृष्ट चुनावी गीतलाई दुई लाख ७५ हजार पुरस्कार दिने

काठमाण्डौ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत अडियो÷भिडियो निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई रु दुई ७५ हजार राशिबाट पुरस्कृत गर्ने भएको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत संयोजक रहनुभएको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समिति अन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णयबमोजिम सो पुरस्कार प्रदान गर्ने जनाएको हो ।

उपसमिति संयोजक डीबी गुरुङले कांग्रेसको पक्षमा चुनावी गीतहरु अडियो÷भिडियो निर्माण गरी प्रचार–प्रसार भइरहेका गीत फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन सम्पूर्ण लोकतन्त्रवादी कलाकारलाई आग्रह गर्नुभएको छ ।