३१ बैशाख, २०८१ सोमबार

09:23:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२२ पुलको मर्मत सम्भार शुरु

Nepal Business

७ पुस, २०७८

पुरानो र जीर्ण भएकाले पुलको मर्मतको आवश्यकता भएको बताउँदै उहाँले मर्मतसम्भार गरेपछि पुल अझैँ २० वर्षसम्म टिक्ने बताउनुभयो ।

२२ पुलको मर्मत सम्भार शुरु


काठमाण्डौं, पुस ७
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिममा मानखोलादेखि पूर्वमा शिवखोलासम्म बाँकेका १५ र बर्दियाका ७ गरी कूल २२ पुलको मर्मत सम्भार गरिने भएको छ । मर्मत सम्भारको कार्य भइरहेको पुल योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो ।

 भण्डारीका अनुसार पुल जोडेको भाग, फुटेको र चर्केको स्थान, बेरिब सफा गर्ने र ग्रिसिबको काम भइरहेको छ । पुरानो र जीर्ण भएकाले पुलको मर्मतको आवश्यकता भएको बताउँदै उहाँले मर्मतसम्भार गरेपछि पुल अझैँ २० वर्षसम्म टिक्ने बताउनुभयो ।
पुल ४० वर्ष पुराना भईसके पनि पुलको आयु ५०÷७५ वर्ष रहेकाले मर्मत सम्भार गर्दै सञ्चालनमा ल्याउने काम भएको पुल योजना कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो । भारतीय मापदण्डअनुसार निमार्ण भएकाले पुलको क्षमता एकिन नभए पनि अधिक भारका सवारीसाधन सञ्चालन भएकाले पुलको आयु घटेको उहाँको भनाइ छ ।