२१ बैशाख, २०८१ शुक्रबार

11:31:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपत्यकामा पाँच किमीको यातायात भाडा रु २०

Nepal Business

२ बैशाख, २०७९

१० किलोमिटरसम्म रु २५, १५ किलोमिटरसम्म रु ३०, २० किलोमिटरसम्म रु ३३ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडा तिर्नुपर्नेछ ।

उपत्यकामा पाँच किमीको यातायात भाडा रु २०

बागमती,
बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ ।

यस्तै ट्याक्सीमा सुरुको न्यूनतम रु ५० र प्रति मिटरको भाडा रु १० कायम गरिएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति मिटरको हकमा रु १३ कायम गरिएको छ । 

नयाँ भाडादरअनुसार काठमाडौँ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ । यसअघि न्यूनतम रु १८ थियो । न्यूनतम भाडा रु १८ भए पनि यात्रु रु २० तिर्न बाध्य भएको बताइएको छ । 

त्यस्तै १० किलोमिटरसम्म रु २५, १५ किलोमिटरसम्म रु ३०, २० किलोमिटरसम्म रु ३३ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडा तिर्नुपर्नेछ ।

यस्तै ट्याक्सीमा सुरुको न्यूनतम रु ५० र प्रति मिटरको भाडा रु १० कायम गरिएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ ।

बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति मिटरको हकमा रु १३ कायम गरिएको छ । 

पछिल्लोपटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने बताइएको छ ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णयअनुसार भाडादर समायोजन गरिएको हो । 

भाडा समायोजनसँगै नयाँ आर्थिक वर्षमा सार्वजनिक यातायातमा नगदरहित गराउनका लागि कार्डको प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।