७ मंसिर, २०८१ शुक्रबार

06:42:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय तहको निर्वाचनमा युवा सहभागिता बढ्दो, चाँगुनारायणमा अच्यूत अधिकारीले उम्मेदवारी दिने

१ बैशाख, २०७९

 स्थानीय तहको निर्वाचनमा युवा सहभागिता बढ्दो, चाँगुनारायणमा अच्यूत अधिकारीले उम्मेदवारी दिने

काठमाण्डौ । स्थानीयतहको निर्वाचन नजिकिँदै गइरहेको समयमा युवा पुस्ताले आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम बढिरहेको छ ।

काठमाण्डौ महानगरपालिका देखी देशका विभिन्न पालिकाहरुमा युवाहरु स्वतन्त्र र राजनीतिक दल मार्फत नेतृत्वका लागि आकाँक्षी बन्दै गएका छन् । यसैक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखका लागि अच्यूत अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

२०५३ सालदेखी  काँग्रेस पार्टिका विभिन्न राजनीतिक मोर्चामा संलग्न हुँदै आएका अधिकारीले नेपाली काँग्रेसको तर्फबाट नगरपालिकाको मेयरका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

अधिकारीले उम्मेदवारी घोषणा संगसंगै नगरपालिकाको शिक्षा, स्वास्थ्या, विकास निर्माण, पर्यटन लगाएतका क्षेत्रको विकास खाका पनि प्रस्तुत गर्नुभएको छ । व्यवस्थापन संकायमा स्नातकोक्तर अधिकारी विभिन्न शिक्षण संस्थामा प्रध्यापन एंव वित्तीय व्यवस्थापनमा संलग्न हुनुहुन्छ । 

अधिकारीले २०५२ सालदेखी विभिन्न सामाजिक संघ, संस्थामा रहेर नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको छ । प्रमुखका आकाँक्षी अधिकारीले चाँगुनारायणको समग्र विकास र समृद्धिका लागि पालिकाको नेतृत्व युवाहरुले लिनुपर्ने भन्दै आफु प्रमुखका लागि अगाडि बढेको बताउनुभएको छ ।

राजनीतिमा युवा पुस्ता संलग्न नहुँदासम्म विकास, समृद्धि र रुपान्तरण सम्भव छैन त्यसैले मैले प्रमुखका लागि उम्मेदवारी दिने घोषणा गरेको हुँ अधिकारीले भन्नुभयो । यस पटकको स्थानीयतहको निर्वाचमा धेरै युवाहरुले पालिका प्रमुख लगाएतका विभिन्न पदमा आकाँक्ष प्रस्तुत गरेका छन् ।

राजनीतिमा युवाहरुको अकर्षण कम भयो भन्ने सोचलाई गलत सावित गर्न र युवाहरुले चाहेमा परिवर्तन गर्न सक्छन् भन्ने प्रमाणित गर्न युवाहरु अगाडि बढ्नुपर्ने अधिकारीको धारणा छ । 

अहिले काठमाण्डौ महानगरपालिकामा युवा उम्मेदवारले उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा लागेका छन् भने अन्य पालिकाहरुमा पनि युवाहरुको आकाँक्ष र आकर्षण बढ्दै गएको देखिएको छ ।