७ मंसिर, २०८१ शुक्रबार

07:27:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय तहको निर्वाचनमा केन्द्रले हस्तक्षेप गर्न नहुने महामन्त्री थापाको भनाइ

Nepal Business

१ बैशाख, २०७९

स्थानीय तहको निर्वाचनमा केन्द्रले हस्तक्षेप गर्न नहुने महामन्त्री थापाको भनाइ

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रबाट स्थानीय तहको निर्वाचनको तालमेलमा केन्द्रले हस्तक्षेप गर्न नहुने बताउनुभएको छ ।

कांग्रेस काठमाडौं वडा नंवर ८ ले बिहीबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको भन्दै स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा मात्र तालमेल हुनुपर्ने बताउनुभएको हो ।

उहाँले स्थानीय तहको निर्वाचनमा सहमति भएजति ठाउँमा तालमेल हुने र सहमति नभएका ठाउँमा आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने पनि उहाले बताउनुभयो ।

थापाले एमाले अध्यक्ष केपी शर्मा ओली कुन–कुन दललाई आफ्नो पार्टीमा जोड्न सकिन्छ भनेर यताउता चहारिरहेको आरोप लगाउनुभयो ।

गठबन्धनको बिरोधमा अभिव्यक्ति दिनेओलीले राप्रपा नेपालदेखि नेपाल परिवार दललाई पनि एमालेको जोडेको उहाको भनाई छ । 

थापाले एउटा पार्टीको चुनाव चिन्हबाट चुनाव जितेर पाँच वर्ष जनप्रतिनिधि भएको व्यक्ति अहिले टिकट आशामा रातारात दल परिवर्तन गरिरहेको तर्क गर्नुभयो ।