७ मंसिर, २०८१ शुक्रबार

04:02:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सात बिघा जमिनमा कृषिमण्डी निर्माण

Nepal Business

७ पुस, २०७८

यसका लागि नगरपालिकका र नगर विकास कोष काठमाडौँबीच रु नौ करोड ६५ लाख २३ हजारको ऋण सम्झौता भएको छ । मेचीनगर कृषिमण्डी आयोजना निर्माणको कूल अनुमानित लागत रकम रु १२ करोड ८६ लाख ९८ हजारको ७५ प्रतिशत ऋण रकम कोषका तर्फबाट र २५ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने सम्झौतामा उल्लेख गरिएको छ ।

सात बिघा जमिनमा कृषिमण्डी निर्माण

 
काठमाण्डौं, पुस ७
मेचीनगर नगरपालिका–१० मा आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गर्ने उद्देश्यले कृषिमण्डी निर्माण हुने भएको छ । करिब सात बिघा जमिनमा बन्ने कृषिमण्डी आयोजनाका लागि मङ्गलबार सम्झौता भएको हो । 

यसका लागि नगरपालिकका र नगर विकास कोष काठमाडौँबीच रु नौ करोड ६५ लाख २३ हजारको ऋण सम्झौता भएको छ । मेचीनगर कृषिमण्डी आयोजना निर्माणको कूल अनुमानित लागत रकम रु १२ करोड ८६ लाख ९८ हजारको ७५ प्रतिशत ऋण रकम कोषका तर्फबाट र २५ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने सम्झौतामा उल्लेख गरिएको छ । सो सम्झौता नगरप्रमुख आचार्यले बृहत् नमूना कृषि पूर्वाधार आयोजनाका रूपमा स्थापित हुने र सयममा नै सम्पन्न हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरपालिकामा निर्माण हुने यस आयोजनाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रूपमा विकास हुने र स्थानीय उत्पादनको बजारीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । नगर विकास कोषको उद्देश्य नै व्यवस्थित सहरीकरणमा नगरपालिकालाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गर्ने रहेकाले आगामी दिनमा नगरपालिकासँग सहरी पूर्वाधारका अन्य आयोजनामा समेत सहकार्य हुने विश्वास नगरपालिका प्रमुखले व्यक्त गर्नुभयो । ।