३ जेठ, २०८१ बिहिबार

04:15:52 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चौहत्तर आरोही समूहलाई हिमाल आरोहण अनुमति, सगरमाथा चढ्ने २८ समूहका ५० आरोही

Nepal Business

३० चैत, २०७८

सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै २८ समूहका ५० आरोहीले अनुमति लिएका छन् ।

चौहत्तर आरोही समूहलाई हिमाल आरोहण अनुमति, सगरमाथा चढ्ने २८ समूहका ५० आरोही

काठमाडौँ,
सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन् । 

पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४ आरोहण दलका ६०७ आरोहीलाई अनुमति जारी भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतिर निस्किएका हुन् ।

सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै २८ समूहका ५० आरोहीले अनुमति लिएका छन् । त्यस्तै, अमादब्लम (६८१४ मिटर० र कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि समाज ६ समूहले अनुमति लिएको छ ।

अन्नपूर्ण (८०९१ मिटर) र नुप्सेका लागि समान चार समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मिटर) आरोहणका लागि दुई, धौलागिरी (८१६७ मिटर) आरोहणका लागि दुई, ल्होत्से (८५१६ मिटर) मा एक, आरोही समूहले आरोहण अनुमति लिएका छन् ।

त्यसैगरी मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि समान एक समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती हिमाल तथा पिक आरोहणबाट ३३ करोड बढी रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।