१५ बैशाख, २०८१ शनिबार

09:45:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रदेश खेलकुद मन्त्रालयले पोखरामा राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता गर्दै

Nepal Business

२९ चैत, २०७८

प्रतियोगिताको विजेता टोलीले नगद रु तीन लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख ५० हजार पाउने छन्

प्रदेश खेलकुद मन्त्रालयले पोखरामा राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता गर्दै

गण्डकी,
गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशिको प्रथम ‘नाइन ए साइड’ राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता गर्नेभएको छ ।

आगामी वैशाख २ देखि ६ गतेसम्म पोखरा रङ्गशाला भित्रको फुटबल मैदानमा आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

आगामी वैशाख २ देखि ६ गतेसम्म पोखरा रङ्गशाला भित्रको फुटबल मैदानमा आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

‘दैनिक १ घण्टा व्यायाम’ नारासहित नयाँ पिढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीलाई खेलकुदमा सक्रिय रुपमा जोड्ने उद्देश्यसहित सो प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा नेपालका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलसकेका पूर्वराष्ट्रिय खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीले सहभागिता जनाउन सक्ने छन् । 

प्रत्येक टिममा ५० वर्षमाथिका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ । पोखराबाट छ र काठमाडौँबाट आठ टिमको सहभागिता निश्चित भएको बताइन्छ । वालिङ, सिमरा, हेटौँडाबाट गरी १९ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेता टोलीले नगद रु तीन लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख ५० हजार पाउने छन् । सेमिफाइनल पुग्ने टोलीले रु ३०/३० हजार नगद पाउने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद रु २० हजार राशि पाउँदा गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले नगद रु १५/१५ हजारका दरले पुरस्कार पाउने जनाइएको छ । प्रतियोगिताको लागि रु आठ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ ।  

युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलकुदमा बजेट वृद्धि गर्नुपर्ने बताउँदै खेलकुदमा गरिएको लगानीले प्रतिफल दिने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले खेलकुदमा लगानी गर्न पछि हट्नुहुन्न, खेलकुदमा गरेको लगानीको प्रतिफल आउँछ भन्ने सबै स्पष्ट हुनु आवश्यक छ ।

उहाँले देशका विभिन्न स्थानबाट प्रतियोगितामा सहभागी हुने खेलाडीले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।