२२ बैशाख, २०८१ शनिबार

11:27:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई कलाकारलाई लाख/लाखको सम्मानसहित वैशाख २ गते काठमाडौँमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी'

२९ चैत, २०७८

प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

दुई कलाकारलाई लाख/लाखको सम्मानसहित वैशाख २ गते काठमाडौँमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी'
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी वैशाख २ गतेदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७९’ हुने भएको छ । जसमा दुई कलाकारलाई एक एक लाखको पुरस्कार प्रदान गरिँदै छ । 
प्रदर्शनीका लागि ३६५ कलाकारका ४२६ कलाकृति दर्ता भएकामा ३४१ कलाकारका ३८९ कलाकृति प्रदर्शनीका लागि छनोट भएका प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

 

प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानले मंगलबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ । प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

 
प्रदर्शनीका लागि ३६५ कलाकारका ४२६ कलाकृति दर्ता भएकामा ३४१ कलाकारका ३८९ कलाकृति प्रदर्शनीका लागि छनोट भएका प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो । प्रदर्शनी भने एक महिनासम्म चल्ने छ ।
 
प्रतिष्ठानले यसपटक अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मानबाट कलाकार काठमाडौँका कृष्ण मानन्धर र भक्तपुरका सूर्यबहादुर चित्रकारलाई सम्मानित गरिने भएको छ । उक्त सम्मानको राशि रु एक/एक लाखको रहेको छ ।  
 
ललितलका लेखन पुरस्कार पत्रकार देवेन्द्र थुम्केलीलाई र ललितकला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि रु २५ हजार रहेको छ ।
 
राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ मा राखिएका कलाकृतिमध्ये विभिन्न विधाबाट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विशेष पुरस्कार एवं प्रादेशिक पुरस्कार ३१ कलाकारलाई प्रदान गरिने जनाइएको छ ।
ती पुरस्कारको राशि क्रमशः रु ६० हजार र रु २५/२५ हजारको रहेको छ ।