७ मंसिर, २०८१ शुक्रबार

06:53:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी एमाले हो : अध्यक्ष ओली

Nepal Business

२९ चैत, २०७८

एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो ।

विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी एमाले हो : अध्यक्ष ओली

 ललितपुर,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने बताउनुभएको छ । 
एमाले महालक्ष्मी नगर कमिटीले मंगलबार ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको उल्लेख गर्नुभयो । 
 
एमाले महालक्ष्मी नगर कमिटीले मंगलबार ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको उल्लेख गर्नुभयो । 
 
विसं २०५१ मा विसं २०७२ को राजनीतिक परिवर्तन पछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाङ्क्षा पूरा हुनसक्छ ।”
 
एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो । 
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको उहाँले बताउनुभयो । शारीरिक अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलालगायतका बर्गले एमालेलाई नै रुचाएको उहाँले बताउनुभयो । 
 
आफूले सरकारको नेतृत्व गर्दा तुइन विस्थापित गरेर त्यस ठाउँमा झोलुङ्गे पुल निर्माणलाई अघि बढाएको अध्यक्ष ओलीले बताउनुभयो । 
आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा देशभरका धेरै सडक चौडा बनाएको उहाँको दावी थियो । ललितपुर विगतदेखि नै बामपन्थीको पकड रहेको उहाँले उल्लेख गर्नुभयो । 
 
एमाले पोटिब्युरो सदस्य महेश बस्नेतले ललितपुर जिल्लाका सबै स्थानीय तहमा पार्टीलाई विजयी गराउन पार्टी नेतृत्व एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।