२२ बैशाख, २०८१ शनिबार

03:50:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भियानमा हवाइ उडानबारे गृहमन्त्री र अष्ट्रियाका राजदूतबीच छलफल

Nepal Business

२९ चैत, २०७८

गृहमन्त्री खाँणले काठमाडौँ–भियना उडान भएमा दुवै मुलुकलाई फाइदा हुने बताउनुभयो ।

भियानमा हवाइ उडानबारे गृहमन्त्री र अष्ट्रियाका राजदूतबीच छलफल

गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गर्नुभएको छ ।

राजदूत वाइजरले उडानबारे सरकारसँग पहल गर्ने बताउनुभएको छ । नेपाल र अष्ट्रियाबीच सन् १९५९ अगस्ट १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

भेटमा काठमाडौँबाट अष्ट्रियाको राजधानी भियनामा सीधा उडान गर्नेबारे कुराकानी भएको थियो । गृहमन्त्री खाँणले काठमाडौँ–भियना उडान भएमा दुवै मुलुकलाई फाइदा हुने बताउनुभयो ।

राजदूत वाइजरले उडानबारे सरकारसँग पहल गर्ने बताउनुभएको छ । नेपाल र अष्ट्रियाबीच सन् १९५९ अगस्ट १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

अष्ट्रियाले विशेष गरी सम्पदा क्षेत्रको संरक्षणमा नेपालमा सहयोग गर्दै आएको छ ।

अष्ट्रियाले पाटन सङ्ग्रहालयको पुनःस्थापना, केशर महल गार्डेन अर्फ ड्रिम्सको संरक्षण, नाम्चे जलविद्युत् र रोल्वालिङ पर्यावरणीय पर्यटनको प्रवद्र्धनलगायतमा सहयोग गरेको छ ।