२१ बैशाख, २०८१ शुक्रबार

11:03:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्यात बढेपनि घटेन व्यापार घाटा, ३८.६ प्रतिशतले बढेको व्यापार घाटा अझै बढ्ने संकेत

२९ चैत, २०७८

निर्यात बढेपनि घटेन व्यापार घाटा, ३८.६ प्रतिशतले बढेको व्यापार घाटा अझै बढ्ने संकेत

काठमाण्डौं । चालु आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्म कुल वस्तु निर्यात ८२।९ प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिनाको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै फागुन मसान्तसम्म कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भएर १ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ पुगेको जानकारी दिएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो निर्यात ७.८ ले मात्र वृद्धि भएको थियो ।

यस्तै कुल वस्तु आयात ३८.६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.१ प्रतिशतले मात्र बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८.१ प्रतिशत, ३६.७ प्रतिशत, र ७५.४ प्रतिशतले वृद्धि भएको छ ।

८ महिनामा कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भएर ११ खर्ब ६० अर्ब ९९ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.६ प्रतिशतले बढेको थियो ।

हरेक वर्ष उकालो लागिरहेको व्यापार घाटा घट्ने सम्भावना कम रहेको अर्थविदहरुले बताएका छन् । अर्थविदहरुका अनुसार नेपालीहरुको उपभोग गर्ने र क्रयशक्ति बढिरहेका कारण व्यापार घाटा थप बढ्ने देखिएको छ ।

नेपालको आफ्नै उत्पादन कम हुँदा धेरै उपभोग्य बस्तुमा परनिर्भर रहनुपर्ने अवस्था रहेको छ ।

बढ्दो विलासी जीवनशैली र उपभोगको आकांक्षले नेपाली बजारमा विश्वका हरेक उत्पादनहरुको माग बढिरहेको छ । यही रफतारमा नेपालको व्यापार घाटा उकालो लागे अर्थतन्त्रमा नकारात्मक असर देखिने विज्ञहरुले बताएकाछन् ।