७ मंसिर, २०८१ शुक्रबार

06:46:48 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपत्यकाको सरकारी जग्गा भूमाफियाले हडपेको प्रधानमन्त्रीको आरोप

२९ चैत, २०७८

सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा प्रधानमन्त्री देउवाले यस्ता खाली जग्गा भूमाफियाको कब्जामा रहेको बताउनुभएको हो ।

उपत्यकाको सरकारी जग्गा भूमाफियाले हडपेको प्रधानमन्त्रीको आरोप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाका सरकारी जग्गा भमाफियाले हडपेको आरोप लगाउनुभएको छ । 

 ग्यास वा विजुली निकालेर सही व्यवस्थापन गर्न पनि उहाँलु सुझाव दिनुभएको छ । धरानको उदाहरण दिदै उहाँले कुटनीति नियोगबाट समेत सहयोग गर्ने आश्वासन प्राप्त भएको बताउनुभयो ।

सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा प्रधानमन्त्री देउवाले यस्ता खाली जग्गा भूमाफियाको कब्जामा रहेको बताउनुभएको हो ।

त्यसप्रति सचेत हुन पनि सम्बद्ध निकायलाई उहाँले निर्देशन दिनुभएको छ ।

":भूमासफयाले जता पनि कक्जा गरिरहेका छन्, ध्यान नदिए भोली कहीँ पनि जग्गा बाँकी रहन्न," प्रधानमन्त्री देउवाले भन्नुभयो ।

उहाँले उपत्यकाको फोहरलाई उर्जामा परिवर्तन गरी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । 