२२ बैशाख, २०८१ शनिबार

01:58:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सडक दुर्घटनामा दुईजनाको मृत्यु

६ पुस, २०७८

घनपोखराका २४ वर्षीय सन्देश विकको ट्याक्टर दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी विर्तामोडका ४० वर्षीय यामनाथ रायको ट्रकले ठक्कर दिदा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

सडक दुर्घटनामा दुईजनाको मृत्यु

काठमाण्डौं, पुस ६
लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा एक जना र झापाको विर्तामोडमा एक जनाको सडक दुर्घटनामा मृत्यु भएको छ । घनपोखराका  २४ वर्षीय सन्देश विकको ट्याक्टर दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी विर्तामोडका  ४० वर्षीय यामनाथ रायको ट्रकले ठक्कर दिदा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
रातिको समयमा ट्र्याक्टर चलाउदा सडकबाट  करिब २०० मिटर तल खस्दा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । 
ठक्करबाट घाइते रायको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारकै क्रममा आज बिहान मृत्युभएको प्रहरीको भनाइ छ । दुर्घटनामा संलग्न ट्रक र चालक इलाम सन्दकपुर–३ का रोशन लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।