७ जेठ, २०८१ सोमबार

09:31:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेलम्चीको पानी मंगलबारदेखि सुरुङमा पठाइँदै, खानेपानी मन्त्रीले उद्घाटन गर्ने

२८ चैत, २०७८

समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिनुभयो ।

मेलम्चीको पानी मंगलबारदेखि सुरुङमा पठाइँदै,  खानेपानी मन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ, 

मेलम्चीको पानी मंगलबारदेखि  सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ ।

मंगलबार अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो ।

समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिनुभयो । 

केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उहाँले बताउनुभयो ।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पु¥याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ ।

गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।