२४ बैशाख, २०८१ सोमबार

12:03:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गुगलले हटायो ६ एप, प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरेको आरोप

२८ चैत, २०७८

गुगलले हटायो ६ एप, प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरेको आरोप

काठमाण्डौं ।गुगलले प्ले स्टोरबाट ६ वटा एपहरु हटाएको छ । गुगलले आफ्ना प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण अनधिकृत रुपमा संकलन गरेको भन्दै प्ले स्टोरबाट ती एपहरुलाई हटाएको हो ।

गुगलले हटाएका एपहरु एटम क्लिन बुस्टर, एन्टी भाइरस सुपर क्लिर्नर, अल्फा एन्टीभाइरस क्लिर्नर, पावरफुल क्लिर्नर एन्टीभाइर, सेन्टर सेक्यूरेटी एन्टीभाइरस लगायतका छन् । 

सार्कबट ब्यांक स्टिलर मालवेयरबाट संक्रमित ती एपहरुलाई गुगल प्लेबाट प्रयोगकर्ताको बैंक डिटेल, एमेल, फोन नम्बर, लोकेसन लगायतका व्यक्तिगत विवरण अनधिकृत रुपमा संकलन गरेको आरोपमा हटाइएको हो । 

यी एपहरु १५ हजारभन्दा बढी पटक प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेको गुगलले जनाएको छ।