८ बैशाख, २०८१ शनिबार

07:04:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पढ्ने बानी विकासको लागि पठन अभियान

Nepal Business

६ पुस, २०७८

चित्र कथाका पुस्तक हरेक विद्यालयका विद्यार्थीसम्म पु¥याउने र उनीहरूमा पढ्ने बानीको विकास गर्न अभियान सुरु गरेको प्रमुख घर्तीले भन्नुभयो । कक्षा १ देखि ८ र ८ देखि १२ सम्मका विद्यार्थीलाई दुई प्रकारका कथाका किताब प्रदान गरिने बताइएको छ ।

पढ्ने बानी विकासको लागि पठन अभियान


काठमाण्डौं, पुस ६
विद्यार्थीमा पढ्ने बानीको विकासका लागि कावासोती नगरपालिकाले पठन अभियान सुरु गरेको छ । कावासोती नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १२ हजार विद्यार्थीको हातहातमा विद्यालय पाठ्यक्रम भन्दा बाहिरको कथाका किताब पु¥याउने र उनीहरूमा पठन संस्कृतिको विकास गराउन अभियान सञ्चालन गरिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।
चित्र कथाका पुस्तक हरेक विद्यालयका विद्यार्थीसम्म पु¥याउने र उनीहरूमा पढ्ने बानीको  विकास गर्न अभियान सुरु गरेको प्रमुख घर्तीले भन्नुभयो । कक्षा १ देखि ८ र ८ देखि १२ सम्मका विद्यार्थीलाई दुई प्रकारका कथाका किताब प्रदान गरिने बताइएको छ ।
नगरपालिका भित्रका ४० वटा सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पुस्तक पु¥याइ पठन संस्कृतिको विकास गर्ने अभियानको मुख्य लक्ष्य रहेको कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले बताउनुभयो ।

पछिल्लो समय मोबाइलमा फेसबुक टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग निकै बढेको छ, त्यसतर्फ विद्यार्थीले बढी चासो दिनेगरेकाले पठन संस्कृति हराउँदै गएकोले विद्यार्थीमा सिर्जनात्मक क्षमताको विकास हुने । ब्रिटिश काउन्सिल नेपालले नगरपालिकालाई १२ हजार थान पुस्तक प्रदान गरेका बताउनु भयो  
नगरपालिकाले नगरभित्रका विद्यार्थीका कविता, कथालगायतका विषय बस्तु समेटी त्रैमासिक रुपमा साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको छ । विद्यालयमा भित्तेपत्रिका प्रकाशन गर्न उत्प्रेरित गर्दै त्यहाँबाट आएका सामग्री समेटी नगरपालिकाले साहित्यिक पत्रिका नगरका कोपिला’ प्रकाशन गर्दै आएको नगर शिक्षा अधिकारी भण्डारीले बताउनुभयो ।