७ मंसिर, २०८१ शुक्रबार

06:45:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमाले बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक छ : महासचिव पोखरेल

Nepal Business

२७ चैत, २०७८

उहाँले विगतमा एमालेलाई मधेस प्रदेशमा छिर्नसमेत नदिइएकामा अहिले जनसमर्थन बढेको, माओवादी केन्द्रसँगको एकताको निरन्तरताको पार्टीका रुपमा पनि एमाले रहेकाल यो पार्टी पहिलो शक्ति हुने तर्क राख्नुभयो ।

एमाले बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक छ : महासचिव पोखरेल

काठमाडौँ,
नेकपा )एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक भएको बताउनुभएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा सो पार्टीको केन्द्रीय प्रचार विभागले आइतबार आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय भेलामा महासचिव पोखरेलले त्यस्तो शक्तिका रुपमा जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो । 

आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा सो पार्टीको केन्द्रीय प्रचार विभागले आइतबार आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय भेलामा महासचिव पोखरेलले त्यस्तो शक्तिका रुपमा जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले विगतमा एमालेलाई मधेस प्रदेशमा छिर्नसमेत नदिइएकामा अहिले जनसमर्थन बढेको, माओवादी केन्द्रसँगको एकताको निरन्तरताको पार्टीका रुपमा पनि एमाले रहेकाल यो पार्टी पहिलो शक्ति हुने तर्क राख्नुभयो ।

कार्यक्रममा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपालको स्पप्नद्रष्टाका रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाएको बाटोमा मुलुकलाई लान एमालेले विजय हासिल गर्नुपर्ने बताउनुभयो ।