२३ बैशाख, २०८१ आइतबार

01:39:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन जित्दै ‘शिरीषको फूल’ : पोखरामा मञ्चन

Nepal Business

२७ चैत, २०७८

साहित्यकार पारिजातको मदन पुरस्कार प्राप्त कृति उपन्यास शिरीषको फूल (विसं २०२२) मा आधारित नाटक भएको र विभिन्न पाठ्यक्रममा समावेश भएकाले पनि यो विद्यार्थीहरूका लागि विशेष रोजाइमा परेको हो ।

मन जित्दै ‘शिरीषको फूल’ : पोखरामा मञ्चन

पोखरा, 

पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ ले पोखरेली दर्शकको मन जितेको छ ।

थिएटर मल र पोखरा थिएटरको सहकार्यमा यही चैत २४ गतेदेखि २७ गतेसम्म मञ्चन गरिएको नाटकले विशेषतः पोखरेली युवा विद्यार्थीलाई आकर्षित गरेको छ ।

थिएटर मल र पोखरा थिएटरको सहकार्यमा यही चैत २४ गतेदेखि २७ गतेसम्म मञ्चन गरिएको नाटकले विशेषतः पोखरेली युवा विद्यार्थीलाई आकर्षित गरेको छ ।

साहित्यकार पारिजातको मदन पुरस्कार प्राप्त कृति उपन्यास शिरीषको फूल (विसं २०२२) मा आधारित नाटक भएको र विभिन्न पाठ्यक्रममा समावेश भएकाले पनि यो विद्यार्थीहरूका लागि विशेष रोजाइमा परेको हो । 

थिएटर मलका संस्थापक तथा कला निर्देशक एवं नाटकका परिकल्पनाकार केदार श्रेष्ठले पोखरेली रङ्गप्रेमीको मायाका कारण उत्साह थपिएको उल्लेख गर्दै प्रतिकूल मौसमका बाबजुद दर्शकको साथ मिलेकोमा आफूहरू हर्षित बनेको बताउनुभयो ।

अञ्जान प्रदीपको निर्देशन रहेको नाटकमा काठमाडौँ तथा पोखरेली कलाकारको जीवन्त अभिनय छ । 

नाटककी पात्र सकमबरीको भूमिकामा समृद्धि नेपाल, सुयोगवीरको भूमिकामा सञ्जय विश्वकर्मा, शिवराजको भूमिकामा हाङ ओ हाङ राई, मुजुराको रूपमा सविना गोपाली, सानु हेड हन्टरीकी छोरीको रूपमा अञ्जु रिजाल, भैँसी गोठाल्नीको रूपमा मनिषा केसी, आदिवासी युवतीको रूपमा एलिसा भोग, मटिनचीको भूमिकामा दिप्सन विश्वकर्मा र पारिजातको भूमिकामा अञ्जु दाहाल हुनुहुन्छ । 

नाटकले पोखरेलीको मन जित्न सफल भएकोमा आफूहरू उत्साहित बनेको निर्देशक प्रदीपले बताउनुभयो । पोखरा थिएटर संस्थापक तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले थिएटर मलसँग संस्थागत सहकार्यमा मञ्चन गरिएको नाटकले थिएटरमा रौनक थपिएको बताउनुभयो । 

आगामी दिनमा देशका विभिन्न नाट्य समूह वा नाटकघरसँगको सहकार्यमा वार्षिकरूपमा निरन्तर नाटक पस्कने सोच बनाइएको उहाँको भनाइ छ ।