२२ बैशाख, २०८१ शनिबार

01:54:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीलाई मन्त्री यादवको ध्यानाकर्षण

२७ चैत, २०७८

मन्त्री यादवले सवारीसाधनमा क्षमताअनुसार यात्रु राख्ने र मर्मतमा ध्यान दिनुपर्ने बताउनुभयो । कतिपय सवारी दुर्घटनाका कारण सवारीसाधनको खराब अवस्था पाइएको उहाँले बताउनुभयो ।

सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीलाई मन्त्री यादवको ध्यानाकर्षण

काठमाडौँ,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सार्वजनिक सवारीसाधन व्यवस्थित बनाउन यातायात व्यवसायीको ध्यानाकर्षण गराउनुभएको छ।   

सडक वा चालकको कारणले नभएर सवारीसाधनको अवस्थाले दुर्घटना भएको हुँदा त्यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री यादवले सवारीसाधनमा क्षमताअनुसार यात्रु राख्ने र मर्मतमा ध्यान दिनुपर्ने बताउनुभयो । कतिपय सवारी दुर्घटनाका कारण सवारीसाधनको खराब अवस्था पाइएको उहाँले बताउनुभयो । 

सडक वा चालकको कारणले नभएर सवारीसाधनको अवस्थाले दुर्घटना भएको हुँदा त्यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बसमा चढ्दा तँछाडमछाड गर्नुपर्ने अवस्थामा परिवर्तन गर्न खाँचो छ ।”

 

बीस वर्ष अवधि पुगेका सवारीसाधन हटाइने व्यवस्थामा परिवर्तन गरिने मन्त्री यादवले बताउनुभयो । कोभिडका कारणले लामो समयसम्म सवारीसाधन थन्किएका कारणले त्यसलाई बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

कतिपय सवारीसाधनमा प्रदूषण जाँच भएर हरियो स्टिकर टाँसिए पनि सडकमा प्रदूषण फैलाएकाले त्यसमा ध्यान दिइनुपर्ने उहाँले बताउनुभयो । 

विगतमा भाडा समायोजनका लागि व्यवसायीले आन्दोलन गर्नुपर्ने भए पनि अहिले पेट्रोलियम पदार्थ बढेपछि बढाइएको उहाँले बताउनुभयो । 

सडक र रेल निर्माणमा धेरै उपलब्धि हासिल भइरहेको मन्त्री यादवले बताउनुभयो । एक लाख किलोमिटरभन्दा बढी सडक बनिसकेको र हुम्ला सदरमुकाम बाहेक ७६ जिल्लाको सदरमुकाममा सडक सञ्जाल पुगेको उहाँले जानकारी दिनुभयो ।

 केही वर्षदेखि थन्किएको रेल अहिले सञ्चालन भएको र भविष्यमा यसको विस्तार हुने उहाँले बताउनुभयो । उहाँले भन्नु