३१ बैशाख, २०८१ सोमबार

12:38:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिजुली नबाल्दापनि बिल र्तिनु पर्ने बाद्धता

Nepal Business

६ पुस, २०७८

त्रिवेणी सहकारीले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेर सञ्चालन गरिएको विद्युतको पुरानै अवस्थामा भएका कारण विद्युत् नियमितहुन नसक्दा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न सञ्चारमाध्यम मारमा परेका छन् ।

बिजुली नबाल्दापनि बिल र्तिनु पर्ने बाद्धता


काठमाण्डौं, पुस ६
बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्न नसक्दा दैनिक विद्युत् नियमित हुन सकेको छैन् । वर्षायाममा बाढीले विद्युतको नहर भत्काउने र हिउँदमा नहरमा पानी अभावको समस्या देखाउदै साना जलविद्युत् केन्द्रले बत्ती नियमितरुपमा दिन सकेको छैन ।  
मेसिन जीर्ण भएकोले विद्युत् उत्पादन कम हुने र क्षमताभन्दा बढी ग्राहक बनाउँदै लाइन विस्तार गर्ने गरेकाले स्थानीय वासीले नियमितरूपमा बत्ती बाल्न पाएका छैनन् । जलविद्युत् केन्द्रले नियमित सेवाग्राहीलाई बत्ती नदिए पनि महसुल नियमित रुपमा उठाइरहेका छन् । 
त्रिवेणी सहकारीले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेर सञ्चालन गरिएको विद्युतको पुरानै अवस्थामा भएका कारण विद्युत् नियमितहुन नसक्दा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न सञ्चारमाध्यम मारमा परेका छन् ।  

धेरै वर्ष पुरानो विद्युत् मेसिन खरिद गर्न नसकिएको र विद्युतको नहर मर्मतका लागि समेत ठूलो लगानी आवश्यक भएकाले सहकारीले सबै खर्च व्यहोर्न गाह्रो भएको सम्बन्धित अधिकारी बताउँछन् ।  जिल्ला सदरमुकाम मार्तडीमा बिहान ५ देखि ९ः३० र बेलुका पनि ५ देखि ९ः३० बजेसम्म लोडसेडिङ गर्नुपर्ने बाध्यता भएकाले अब प्रत्येक ग्राहकलाई दैनिक लोडसेडिङ तालिका एसएमएसमार्फत जानकारी गराउने निमित्त व्यवस्थापक गगन अयडीले बताउनुभयो ।
यस वर्षको पुसबाट प्राधिकरणकै विद्युत् महसुल दरमा विद्युत् दिने त्रिवेणी साना जल विद्युत्केन्द्रका सचिव शेरबहादुर रावलले जानकारी दिनुभएको छ  
त्रिवेणीले निर्धारित २० युनिटको महसुल रु ८० राखेको छ भने प्राधिकरणले रु ३० राखेको छ । उपभोक्ताले रु ५० आधारभूत महसुल दरमै बढी तिर्नुपर्ने बाध्यता छ प्रभावित बन्ने गरेको छ ।