७ मंसिर, २०८१ शुक्रबार
06:34:55 PM
२७ चैत, २०७८
आर्थिक अवस्था जोखिम उन्मुख अवस्थामा पुग्दा सरकार एउटा गभर्नरलाई कार्वाही गरेर बसेको बताउनुभयो ।
काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडैलले वर्तमान सरकार आर्थिक सूचकहरु विगार्न उद्धत रहेको बताउनुभएको छ ।
नेकपा एमालेको प्रचार विभागले काठमाण्डौमा गरेको कार्यक्रममा बोल्नुहुँदै पौडेलले देशको आर्थिक अवस्था जोखिम उन्मुख अवस्थामा पुग्दा सरकार एउटा गभर्नरलाई कार्वाही गरेर बसेको बताउनुभयो ।
उहाँले भन्नुभयो अव हामी सबैले सार्थक हस्तक्षेप गरेनौ भने देशको अर्थतन्त्र सुधार गर्न सकिने अवस्था छैन । पौडेलले वर्तमान सरकारको काम गर्ने परिपाटीको यही अवस्था रहिरहने हो भने नेपाल श्रीलंका हुन बाट कसैले रोक्न नसक्ने बताउनुभयो ।
कोरोना कहरकाबीचमै आफु नेतृत्वको सरकारले अर्थतन्त्र चलायमान र सुधार गर्दै कोरोना नियन्त्रणमा सफल भएको दावी गर्नुभयो । आफुहरुले आर्थिक रुपमा देशलाई जुन अवस्थामा छाडेको हो
देशलाई संकटको अवस्थाबाट बाहिर ल्याउन पहल गर्नुपर्ने अवस्थामा वर्तमान सरकारले त्यो काम गर्न नसकेको उहाँको भनाई छ । तथ्यगत उन्नती प्रगति हुनुपर्नेमा सरकार र मन्त्रीहरुले मनोगत दावी गर्नु कुनै अर्थ नरहेको पौडेलले बताउनुभयो ।
अहिलेका अर्थमन्त्रीले गरेका दावी सबै अर्थतन्त्र सुधारका लागि मिथ्य हुने उहाँले बताउनुभयो । भूकम्पको अवस्थामा होस वा कोराना नियन्त्रण गर्दै देशलाई आर्थिक अवस्थामा सुधार गराउने सवालमा एमालेको सरकारले अर्थतन्त्रमा यस्ता विपदले पारेका र पार्नसक्ने असरहरुको सुक्ष्म अध्ययन गरेर अगाडि बढेको बताउनुभयो ।
आफुहरुले सरकार छाड्ने अवस्थासम्म आईपुग्दा देशको अर्थतन्त्र सन्तोषजनक रुपमा रहेको दावी गर्नुभयो । आर्थिक सुचकमा आफुहरुले सरकार छाड्दा सन्तोषजनक अवस्था रहेको दावी गर्दै वर्तमान सरकारले नेतृत्व गरेपछि अर्थतन्त्र थप खस्किरहेको बताउनुभयो ।
उहाँले आफ्नो पार्टीको नेतृत्वमा कोरोना कहरकाबीचमै आफु नेतृत्वको सरकारले अर्थतन्त्र चलायमान र सुधार गर्दै कोरोना नियन्त्रणमा सफल भएको दावी गर्नुभयो । आफुहरुले आर्थिक रुपमा देशलाई जुन अवस्थामा छाडेको हो त्यहाँबाट सरकार सकारात्मक रुपमा अगाडि बढ्न सकेको भए अहिलेको आर्थिक अवस्था नआउने जिकिर गर्नुभयो ।
देशलाई बजेट विहिन बनाउने अवस्था वर्तमान सरकारले ल्याएको भन्दै उहाँले आफ्नो पार्टिको नेतृत्वमा रहेको सरकारले अगाडि बढाएका कार्यक्रम खारेज गरेर आम नागरिकको जीवनमा नकारात्मक प्रभाव पार्ने काम गरेको बताउनुभयो ।
उपभोक्ताहरुलाई २० हजार लिटर पानी निःशुल्क दिने निर्णय आफ्नो सरकारको पालामा गरेको निर्णयमा बर्तमान सरकारले कुनै ध्यान नदिएको बताउनुभयो । उहाँले भन्नुभयो राष्ट्रबैंकको स्वतन्त्रतामाथी वर्तमान सरकारले हस्तक्षेप गरेर गल्ती गरेको छ ।
वर्तमान सरकार गठन पछि व्यापार घाटाले छलाङ मारेको छ । आयत अनियन्त्रित रुपमा बढिरहेको छ । उहाँले तत्काल गभर्नरमाथीको हस्तक्षेप फिर्ता लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
गभर्नर माथीको नग्न हस्तक्षेप व्यक्तिमाथी गरिएको मात्र हस्तक्षेप नभई प्रणालीमाथी गरिएको हस्तक्षेप हो पौडेलले भन्नुभयो । विग्रदोँ आर्थिक अवस्थाबाट जोगाउन आम नागरिकले सरकारलाई दवाव दिनुपर्ने धारणा पौडेलको थियो ।