३ जेठ, २०८१ बिहिबार

04:53:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

Nepal Business

२७ चैत, २०७८

अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको सुन आईतबार प्रतितोला रु ८०० ले बढेको हो ।

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

काठमाण्डौ । सुनचाँदी बजारमा आईतबार छापावाल सुनको कारोबार प्रतितोला रु एक लाख ३०० मा भएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको सुन आईतबार प्रतितोला रु ८०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० कायम भएको छ । यसको मूल्य शुक्रबार प्रतितोला रु ९९ हजार थियो । 

त्यस्तै आईतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार ३६५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस रु एक हजार ९४७ डलरमा कारोबार भइरहेको छ ।