१९ बैशाख, २०८२ शुक्रबार
01:41:24 PM
२६ चैत, २०७८
काठमाण्डौं । गायक वीरेन्द्र विष्ट र मेलिना मैनालीको स्वर रहेको गीत ‘घामलाई सोधन’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
दिपेन ताम्राकार र रोशनी कार्कीको अभियन रहेको सो भिडियो शनिबार ‘बी बी मेलोडी’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
भीम बिसीको शब्द तथा संगीत रहेको गीत विश्व अधिकारीले एरेञ्ज गर्नुभएको हो ।
ज्ञानेन्द्र एस हुमागाईंले खिचेको भिडियो दिनसन शाहले सम्पादन गर्नुभएको हो भने निर्देशन जी.बी. आग्रीले गर्नुभएको हो ।