७ मंसिर, २०८१ शुक्रबार

06:48:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोल्नु परेको होः अध्यक्ष माधवकुमार नेपाल

Nepal Business

२६ चैत, २०७८

एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोल्नु परेको होः अध्यक्ष माधवकुमार नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोल्नु परेको बताउनुभएको छ । 

शनिबार काठमाण्डौंमा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएको र बोल्न पनि नदिएका कारण नयाँ पार्टी खोल्नुपरेको भन्दै छोटो समयमा नै पार्टी बलियो भएको दावी गर्नुभयो । 

उहाँले एमालेमा बिद्रोह गर्न नसकेका केहि नेताको अवस्था बिजोग गरेको टिप्पणी गर्नुभयो । 

त्यस्तै नेपालले आफु एमालेमा रहदा निकै लोकप्रिय कार्यक्रम ल्याएको र त्यसको जस अरु कसैले लिन खोजेको बताउनुभयो ।अहिले आफुहरुलाई अरुको गाली गर्ने फुर्सद नरहेको र सकारात्मक सोचका साथ पार्टीलाई अघि बढाइरहेको उहाको भनाई छ ।

उहाँले आगामी निर्वाचनमा पार्टीलाई जिताउनका लागि इमान्दारीपूर्वक जनतामाफ जान सुझाव दिनुभयो ।