१९ मंसिर, २०८१ बुधबार
02:21:41 PM
५ पुस, २०७८
काठमाडौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा मीनेन्द्र रिजालले पदबाट राजिनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ । रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपद्बाट राजिनामा दिनुभएको हो ।