२१ माघ, २०८१ सोमबार

10:38:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल बाहिर नेपाली पत्रकारिता चिनाउने पुस्तक

Nepal Business

२५ चैत, २०७८

नेपालको पत्रकारिताको प्राज्ञिक एवं व्यावसायिक अभ्यासलाई वैश्विक दृष्टिकोणबाट विश्लेषण गर्ने एवं विगत दुई दशकमा पत्रकारिता र सञ्चारका क्षेत्रमा देखिएका असल अभ्यास एवं चुनौतीको पहिचान गर्ने उद्देश्यले यो पुस्तक तयार गरिएको छ

नेपाल बाहिर नेपाली पत्रकारिता चिनाउने पुस्तक

काठमाडौँ,

एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिताको समसामयिक अभ्यासलाई विश्वको परिप्रेक्षमा विश्लेषण गर्दै नेपालभित्र र बाहिर रहेका सञ्चार क्षेत्रका २१ जना अध्येताको संयुक्त लेखनमा ‘ग्लोबल प्रस्पेक्टिभ्स् अन जर्नलिजम इन नेपाल’ (नेपालको पत्रकारितामा वैश्विक दृष्टिकोण) पुस्तक प्रकाशन भएको छ । 

मिडिया अध्येता डा भानुभक्त आचार्य (युनिभर्सिटी अफ अटवा, क्यानडा) र सहप्राध्यापक डा श्याम शर्मा (स्टोनिब्रुक युनिभर्सिर्टी, अमेरिका) को सम्पादनमा तयार भएको यो पुस्तक प्राज्ञिक पुस्तक प्रकाशनमा ख्याति कमाएको बेलायतको राउटलेजले प्रकाशन गरेको हो ।

मिडिया अध्येता डा भानुभक्त आचार्य (युनिभर्सिटी अफ अटवा, क्यानडा) र सहप्राध्यापक डा श्याम शर्मा (स्टोनिब्रुक युनिभर्सिर्टी, अमेरिका) को सम्पादनमा तयार भएको यो पुस्तक प्राज्ञिक पुस्तक प्रकाशनमा ख्याति कमाएको बेलायतको राउटलेजले प्रकाशन गरेको हो ।

नेपालको पत्रकारिताको प्राज्ञिक एवं व्यावसायिक अभ्यासलाई वैश्विक दृष्टिकोणबाट विश्लेषण गर्ने एवं विगत दुई दशकमा पत्रकारिता र सञ्चारका क्षेत्रमा देखिएका असल अभ्यास एवं चुनौतीको पहिचान गर्ने उद्देश्यले यो पुस्तक तयार गरिएको छ । 

विगत दुई दशकमा नेपाली पत्रकारिताका विशेषता, चुनौती र सिकाइहरु के छन् भन्ने विश्लेषण पनि सो पुस्तकमा गरिएको छ ।

यसै अवधिमा नेपाली पत्रकारितामा उल्लेख्य रुपमा सङ्ख्यात्मक वृद्धि र प्राविधिक रूपान्तरण भएको तर नीतिगत अलमल एवं राजनीतिक र आर्थिक प्रभावका कारण पत्रकारिताको व्यावसायिक विकास हुन नसकेको विषयमा पनि सो पुस्तकमा खोजी गरिएको छ । 

पुस्तकबारे प्रतिक्रिया दिँदै प्राध्यापक रामकृष्ण रेग्मीले यो पुस्तक एउटा पाठ्यपुस्तक वा विभिन्न लेखको संगालो मात्रै नभएर नेपाली पत्रकारिताको इतिहासमा एउटा कोशेढुङ्गा हो भन्नुभयो । 

सम्पादक आचार्य र शर्माले यो पुस्तकका लागि मेहनत गरी एकैपटक विश्वव्यापीरुपमा उपलब्ध गराउन प्रयास गर्नुभएकोमा उहाँले धन्यवाद दिनुभयो ।