२१ माघ, २०८१ सोमबार
10:33:22 AM
२४ चैत, २०७८
बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा भित्र्याउन विदेशमा रहेका नेपालीलाई आकर्षित र आह्वान गर्नुपर्ने
काठमाडौँ,
नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको विप्रेषण आप्रवाहमा भइरहेको सङ्कुचन न्यूनीकरण गरी बढीभन्दा बढी विप्रेषण भित्र्याउन प्रोत्साहन गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न प्रस्ताव राखेको छ ।
अर्थ मन्त्रालयमा विहिबार आयोजित सरोकारवालाको बैठकमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठले विप्रेषण आप्रवाहको वृद्धि र औपचारिक माध्यमबाट विप्रेषण ल्याउन सरकारले चाल्नुपर्ने कदमबारे विभिन्न प्रस्ताव गर्नुभएको हो ।
अर्थ मन्त्रालयमा विहिबार आयोजित सरोकारवालाको बैठकमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठले विप्रेषण आप्रवाहको वृद्धि र औपचारिक माध्यमबाट विप्रेषण ल्याउन सरकारले चाल्नुपर्ने कदमबारे विभिन्न प्रस्ताव गर्नुभएको हो ।
उहाँले बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा भित्र्याउन विदेशमा रहेका नेपालीलाई आकर्षित र आह्वान गर्नुपर्ने बताउनुभयो । नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैंकसँग लगानीयोग्य पूँजी अभावको समस्या हट्ने मन्त्री श्रेष्ठको भनाइ छ ।
वैधानिक तवरबाट विप्रेषण भित्र्याउन वैदेशिक रोजगारीमा गएका श्रमिकलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने, विदेशबाट पैसा पठाउदा लाग्ने सेवाशुल्क हटाउनुपर्ने, विदेशका प्रमुख सहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने उहाँको प्रस्ताव थियो ।
विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने, औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टिभी, गरगहना आदिमा सहुलियत दिने, औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनः श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने व्यवस्था गर्न सकिए विप्रेषण आप्रवाह बढ्ने र हुण्डी कारोबारी निरुत्साहित हुने उहाँको विश्वास छ ।