८ मंसिर, २०८१ शनिबार
01:52:06 PM
२४ चैत, २०७८
पछिल्ला वर्षहरुमा बहुपक्षीय ऋण दायित्व १३.८२ प्रतिशतले बढेको छ । द्विपक्षीय ऋण दायित्व १५.०१ प्रतिशतले बढेको छ ।
काठमाण्डौं । मुलुकमा दिनानु दिन ऋणको भार बढिरहेको छ । राजश्वको अंश सानो र खर्चको अंश निरन्तर वृद्धि भइरहेकोले ऋण थपिने क्रम जारी छ । सरकारले स्वीकार्ने वैदेशिक ऋण द्धिपक्षीय र बहुपक्षीय रहेका छन् ।
नेपालले समग्रमा तिर्नुपर्ने वैदेशिक ऋणको दायित्व बढ्दो छ । पछिल्ला वर्षहरुमा बहुपक्षीय ऋण दायित्व १३.८२ प्रतिशतले बढेको छ । द्विपक्षीय ऋण दायित्व १५.०१ प्रतिशतले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैदेशिक ऋणको दायित्व घटबढ हुनुमा साँवा भुक्तानी र ऋण प्राप्तिका अतिरिक्त विनिमय दरमा हुने परिवर्तन पनि प्रमुख कारकका रूपमा छ ।
नेपालले १८ दातृ निकायसँग १० वटा मुद्रामा ऋण सम्झौता गरेको छ । दातृ निकाय बहुपक्षीय र द्विपक्षीय छन । कुल ऋणको ८७ प्रतिशत बहुपक्षीय र १२ प्रतिशत द्विपक्षीय दातृ निकायबाट लिएको देखिन्छ ।
नेपाल सरकारले २०७२ सालमा गएको भूकम्पपछिको पुनर्निर्माणमा बाह्य ऋण बढी लिइएको थियो । पुनर्निर्माण र मानवीय सहयोगका लागि सरकार ऋण लिन बाध्य थियो ।
लगत्तै विश्वमा फैलिएको कोभिड महामारीका कारण सरकारका थप आर्थिक चाप सृजना भयो । वि.सं २०७६/७७ र २०७७/७८ मा कोभिड महामारीको सामना गर्न लिइएको आन्तरिक र बाह्य ऋणमा थप वृद्धि हुन पुग्यो ।
कति छ ऋण ?
नेपालले १८ दातृ निकायसँग १० वटा मुद्रामा ऋण सम्झौता गरेको छ । दातृ निकाय बहुपक्षीय र द्विपक्षीय छन । कुल ऋणको ८७ प्रतिशत बहुपक्षीय र १२ प्रतिशत द्विपक्षीय दातृ निकायबाट लिएको देखिन्छ । द्धिपक्षीय एक देशले अर्को देशलाई दिइने ऋण हो भने बहुपक्षीय एक देश र संस्थाबीच आदान प्रदान हुने ऋण हो ।
बहुपक्षीय दातृ निकायअन्तर्गत एसियन डेभलपमेन्ट बैंक (एडीबी), युरोपियन इकोनोमी काउन्सिल (ईईसी), युरोपिएन इन्भेस्टमेन्ट बैंक (ईआईबी), एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी), इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आईडीए), इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट –आईफाड), इन्टरनेसनल मोनेटरी फन्ड (आईएमएफ), नर्डिक डेभलपमेन्ट फन्ड (एनडीएफ) र अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्री (ओपेक) छन ।
कुल वैदेशिक ऋणको बढी हिस्सा इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आईडीए)को ५०.४४ प्रतिशत छ । यससँगै एडीबीको ३१.३६, आईएमएफ ३.५१, आईफाड १.०३, ओपेक ०.८६, ईआबी ०.४३, एनडीएफ ०.२३, र ईईसी ०.०३ प्रतिशत छ ।
तर नेपालले यी सबैबाट ऋण भने लिएको छैन । पछिल्लो तथ्यांक अनुसार दातृ निकायगत वैदेशिक ऋण दायित्वमा अधिकांश अंश बहुपक्षीय स्रोतमा आईडीए र एडीबीको छ ।
कुल वैदेशिक ऋणको बढी हिस्सा इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आईडीए)को ५०.४४ प्रतिशत छ । यससँगै एडीबीको ३१.३६, आईएमएफ ३.५१, आईफाड १.०३, ओपेक ०.८६, ईआबी ०.४३, एनडीएफ ०.२३, र ईईसी ०.०३ प्रतिशत छ ।
द्विपक्षीय दातृ निकायअन्तर्गत जापानसँगको ऋण बढी छ । सो देशसँग कुल वैदेशिक ऋणको ४.७१ प्रतिशत छ । यसपछि चीनसँगको ऋण ३.३९ र भारतसँग ३.२९ प्रतिशत छ । दक्षिण कोरियासँग कुल ऋणको ०.७०, कुवेत कोषबाट ०.१३, बेल्जियमसँग ०.०८, साउदी कोषसँग ०.०७ र फ्रान्ससँगको ०.०३ प्रतिशत ऋण तिर्न बाँकी छ ।
पछिल्ला दिनमा ऋणको अंश निरन्तर बढिरहे पनि यसको यथोचित सदुपयोग हुननसक्दा मुलुकमा उत्पादन र रोजगारीले गति लिन सकेको छैन । लिएको ऋण साधारण खर्चमै खर्चिएको छ । ऋण लिने र उपभोगमा मात्र खर्च हुने क्रमले ऋणको अंश बढाउँदै लगेको छ । उपलब्धि देखिएको छैन ।