७ मंसिर, २०८१ शुक्रबार

07:27:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला र दिलेन्द्र बडु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त

Nepal Business

२४ चैत, २०७८

प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाउनु भएको हो

गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला र दिलेन्द्र बडु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गर्नु भएको छ । 

प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाउनु भएको हो ।  उहाँले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा बन्दीले भूमिका खेल्नु भएको थियो । 

यसैगरी हाल कानुन मन्त्री रहनु भएका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ । मन्त्री बडुलाई प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिनु भएको छ ।

काँग्रेस र गठबन्धनभित्र छलफलपछि यो निर्णय लिइएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।