२१ चैत, २०८१ बिहिबार
04:04:52 AM
५ पुस, २०७८
दम, खोकी, ज्वरो, पिसाबसम्बन्धी समस्या, स्त्री रोग, पायल्स, नाक, कान, घाँटी, बाथ तथा बालरोगलगायत विभिन्न समस्याको उपचारका लागि शिविर सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटका वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताउनुभयो ।
काठमाण्डौं, पुस ५
तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा निःशुल्क योग तथा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटको आयोजनामा आइतबार फोइमहादेव गाउँमा शिविर सञ्चालन गरिएको हो ।
दम, खोकी, ज्वरो, पिसाबसम्बन्धी समस्या, स्त्री रोग, पायल्स, नाक, कान, घाँटी, बाथ तथा बालरोगलगायत विभिन्न समस्याको उपचारका लागि शिविर सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटका वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताउनुभयो ।
यहाँबाट अहिलेसम्म ३२६ जनाले सेवा लिनुभएको छ । २९ वर्षदेखि ६० वर्ष उमेर समूहका बिरामीले सेवाको साथै परामर्श सेवा प्रदान गरेको कार्यालय प्रमुख वीरेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।